काठमाण्डौ  ।   गृह मन्त्रालयले कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी विनोद घिमिरेलाई पठाएको छ ।

ईश्वर कार्की एआइजीमा बढुवा भएपछि नेपाल प्रहरीका डीआईजी घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने सिफारिस भएपछि सो पद रिक्त बनेको थियो। मन्त्रिपरिषद्को निर्णयले कार्कीको बढुवा सिफारिस स्वीकृत गरेपछि उनलाई एआईजीको रूपमा पदस्थापन भइसकेको छ ।

डीआईजी घिमिरे नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग अन्तर्गत आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत थिए। घिमिरेले यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिकासमेत सम्हालिसकेका छन्।Screenshot_2025_1124_201450