काठमाण्डौ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन नआए घिसारेर ल्याउने बताएका छन ।

आइतबार गृहमन्त्रालयमा जेन–जी  समूहसँग भएको विशेष भेटघाटमा उनले आयोगको अधिकार र सरकारको भूमिका स्पष्ट पार्दै बयान दिन बोलाउँदा कोही नआए सरकारले ल्याएर बयान दिन लगाउने बताएका हुन ।

आयोगले ओली, लेखकसहित काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिन बाँकी छ ।