काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् ।
धौवजी अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आइतबारबाट सो जिम्मेवारी दिइएको हो ।






































