काठमाडौँ / ३३ लटर रक्त चन्दनको तेलसहित प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका –६ घरका २३ वर्षीय घनश्याम आलेमगर, हलेसी –९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका –६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन्।

OM Sai Pathibhara Hospital

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई बिहीबार दिउँसो तिलगङ्गाबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिए । 

प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको एसएसपी खापुङले बताए । 

रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।