झापा / झापाको भद्रपुरबाट ब्राउन सुगरसहित प्रहरीले सत जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर –७ का १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, २० वर्षीय राहुल ठाकुर, २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड –८ का १८ वर्षीय सुदिप श्रेष्ठ, ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा –१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् । 

OM Sai Pathibhara Hospital

बिहीबार दिउँसो चार बजे बोक्तोबारी प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हिरोइन ४ ग्राम ६१० मिलिग्राम, नाइट्रोजन ट्याबलेट १, डिजिटल तराजु एक थान र दुईवटा मे ८ प ९७०१ र को ३८ प ९०२८ नं. को मोटरसाइकल बरामद गरेको छ ।