काठमाडौं / १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।
सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियार रहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन सेनाको टोली सिरिया प्रस्थान गरेको हो ।
यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इन्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्र तर्फ प्रस्थान गरेको हो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियार रहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो ।
युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्याउँदै आएको छ ।