दमक / झापाको दमक नगरपालिका –२ स्थित मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घर धनी मोहन कुमार तामाङ, ३८ वर्षीय पूर्ण प्रसाद शिवाकोटी, ३० वर्षीय बिनोद श्रेष्ठ, ३७ वर्षीय दिल बहादुर श्रेष्ठ, ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका –६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ४ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ बुङ तास र १ लाख २० हजार ५०० रुपैयाँ पैसा बरामद गरेको छ ।