मोरङ / मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित बागमती मोलडिङ्ग इन्डष्ट्रिज प्रा.लि. मा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवास रहेका छन् ।
आइतबार बेलुका ५ बजे हात खुट्टा धुन भनी फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा खवास करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।
करेन्ट लागेर गम्भिर घाइते भएका खवासको उपचारको क्रममा विराट मेडिकल कलेज मृत्यु भएको थियो ।