काठमाडौँ / नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको भन्दै महासङ्घले सदस्यता खारेज गर्ने चेतावनी दिएको हो । 

OM Sai Pathibhara Hospital

पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको छ । 

कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने महासङ्घले जनाएको छ ।

अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको छ ।

दलका अधिवेशनमा पत्रकार महासङ्घका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।

release_SmpEUtUXw4