झापा / झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का २४ वर्षीय अभिसेक राजवंशी, ताप्लेजुङको श्रीजंगा गाउँपालिका –३ की २० वर्षीया अनिसा भट्टराई र इलाम नगरपालिका –६ की २८ वर्षीय मनिस राई रहेका छन् ।
शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका –११ स्थित बसपार्कबाट राजवंशीलाई पक्राउ गरेको हो ।
राजवंशीको साथबाट प्रहरीले ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
त्यस्तै सोही प्रहरी टोलीले शनिबार राती ८ बजे बसपार्कबाटै होटल संचालन गर्दै आएकी भट्टराई र राईलाई १ ग्राम २७० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।