झापा / झापाको दमक नगरपालिका –४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट साढे दुई लाख नगदसहित प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका –३ का ४५ वर्षीय सोनी तामाङ, होटल सञ्चालक दमक नगरपालिका –४ का ४७ वर्षीय शेर बहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत वुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका –९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राती साढे १० बजे उक्त होटलबाट नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरिएको हो ।