दाङ / दाङमा बुस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको यात्रुबसलाई बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका –३ नारायणपुरमा दुर्घटना भएको हो ।
बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनका अनुसार घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।
उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ।
केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ।
ए राति पौने २ बजे बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३९ जना यात्रु सवार थिए।