पाल्पा / पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै प्रहरीले ६ जना पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रैनादेवी छहरा –२, सोमादीका ३५ वर्षीय हुमबहादुर घर्तीमगर, ४४ वर्षीय हरिप्रसाद पाण्डे, २४ वर्षीय अनिल बुढा, ३२ वर्षीय पदमबहादुर गाहा र २७ वर्षीय धनबहादुर गाहारिब्दीकोट–१, बस्ने ३० वर्षीय केशब आले रहेका छन् । 

OM Sai Pathibhara Hospital

घटनामा संलग्न  रैनादेवी छहरा–२, का ३५ वर्षीय सूर्य गरम्जा र सोही स्थानका २८ वर्षीय लालबहादुर बुढाथोकी फरार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गत कात्तिक ३० गते घरबाट घाँस काट्न भनेर  गएकी रैनादेवी छहरा –२, ताङ्सिङ्गलका ३२ वर्षीया सुमित्रा विकको सर्दी खोलामा माछा मार्नका लागि प्रयोग भएको करेन्ट लागेर मृत्यु भएको थियो ।