विराटनगर / जिल्ला कारागार मोरङमा शनिबार बिहान एक कैदीको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका –१० का ६३ वर्षीय गोपाल शर्माको कोसी अस्पतालमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कान दुख्ने समस्या भोगिरहेका शर्मालाई रक्तचाप कम भएका कारण कोसी अस्पताल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।
उनी जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी प्रमाणित भएपछि ८ वर्षदेखि मोरङ कारागारमा कैद भुक्तान गरिरहेका थिए ।