काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दु्ई केजी सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी रहेका छन् ।
पक्राउ परेका दुवैजना आज बिहान नेपाल एयरलाइन्स ९.४५ को विमानबाट काठमाडौँ आएका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उक्त सुन त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अपराध महाशाखाको टोलीले बरामद गरेको हो । बरामद भएको सुुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ।
यस्तै सोही विमानबाट आएका व्यक्तिबाट १५० ग्राम सुन लिँदै गरेको अवस्थामा कञ्चनपुरका धर्मबहादुर सुनार र खोटाङका हरीप्रसाद गिरी पनि पक्राउ परेका छन् ।
उनीहरूबाट ५० ग्रामका दरले तीनवटा सुनका बाला बरामद गरिएको प्रहरीले जनाएको छ।