काठमाडौं  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच झडप भएको छ ।  

झडपका क्रममा वकिल लक्ष्मी पोखरेल लगायत केही कानुन व्यवसायीहरू घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

कानुन व्यवसायीहरू नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरूबीच झडप भएको हो । 

उनीहरूले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ ।

स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाएका छन् ।