ताप्लेजुङ / ताप्लेजुङमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फुङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट जाँदै गरेको वान्टेड ट्याक्टर अनियन्त्रित भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउपालिका-९ मधुमल्लाका २७ वर्षीय पुष्प बि.क.रहेका छन् । बिहीबार बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका उनको उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।