बिर्तामोड / हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली तथा अन्य क्षेत्रको मौसममा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति पनि देशभर दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।