बुटवल / रुपन्देहीबाट लागुऔषध सहित प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्मरीमाई गाउपालिका रुपन्देहीका निरज यादव, मर्चवारी गाउपालिका –५ का राहुल पाण्डे, कञ्चन गाउँपालिका ४ का मोहन सुनार र प्रदिप पुन, नन्द कुमार दर्जी,कञ्चन १ सिमा कुमारी श्रीस, चितवनको भरतपुर महानगरपाकिला १६ का दिपेन्द्र सुनार नवलपरासी (पुर्व_ गैडाकोट १ का नकुल बि.क. रहेका छन् ।
यस्तै तिलोत्तमा–४ का शंकर नेपाली, तिलोत्तमा –३ का केशव गिरी र बुटबल ११ का दिपक नेपाली रहेका छन् ।
उक्त अप्रेसन अन्तर्गत गत कार्तिक महिनामा महिनामा अवैध लागु औषध सहित २ महिला र १५ जना पुरुष पक्राउ परेका हुन् ।
प्रहरीले बरामद गरेको आगूऔषध मध्ये ४७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, , १०५ ट्याब्लेट नाइट्राजेपाम, २३ ट्याब्लेट डाइजेपाम, २३ ट्याब्लेट फेनारागन, १३ ट्याब्लेट नुफिन र २३ ट्याब्लेट टालजेसिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरिीक्षक भाष्कर चन्दले बताए ।
यस्तै चितवन साविक दारेचोक स्थायी घर भई हाल बुटवल १७ रानिगन्ज बस्ने रवि लामा, बुटवल २ पाखापानीका राजु थापा क्षेत्री र बुटवल देविनगरका प्रसाद ज्ञवाली पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाईल र ३ थान मोबाइल सेट पनि बरामद गरेको छ ।
यस्तै चितवन साविक दारेचोक स्थायी घर भई हाल बुटवल १७ रानिगन्ज बस्ने रवि लामा, बुटवल २ पाखापानीका राजु थापा क्षेत्री र बुटवल देविनगरका प्रसाद ज्ञवाली पनि पक्राउ परेका छन् ।
यस्तै बुटवल १४ पदमपुरका निर्मल भारती, नवलपरासी प्रतापपुरका मोहमद अफ्रोज मिया र बुटवल १ का सम्झना हलुवाई पक्राउ परेका सहायक प्रहरी प्रवक्ता चन्दले बताए ।