बुटवल / रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवा अपहरणमा परेका छन् । रोहिणी गाउँपालिका –२ मैनिहवाका २१ वर्षीय अनिल कहार अपहरणमा परेका हुन् ।
भारतीय चार जना नागरिकले अनिलको अपहरण गरेको परिवारको दाबी छ । भारतीय नागरिक सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर उनलाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् ।
अनिलको बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको उनकी आमाले बताएकी छन् । अपहरणमा संलग्नहरूको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।