बिर्तामोड / सरकारले आज मंसिर एक गते (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्ने भएको छ ।
राहदानी विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनमा आज दिउँसो दुई बजे आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने भएका हुन् ।
परीक्षण सकिए लगतै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै नेपालमा औपचारिक रुपमा ई–पासपोर्ट प्रचलनमा ल्याउने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।
गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।