काठमाडौँ//काठमाडौँमा बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको हो ।

OM Sai Pathibhara Hospital

स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको बताइएको छ।