झापा / माओवादी केन्द्र निकट प्रेस सेन्टर झापाको अध्यक्षमा झुलन रेग्मी चयन भएका छन् ।

सोमबार झापाको सुरुङ्गामा भएको प्रस सेन्टरको विस्तारित भेलाले अध्यक्षमा रेग्मीलाई चयन गरेको हो । 

OM Sai Pathibhara Hospital

उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन भएका छन् । 

संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय समिति चयन गरेको गरेको छ । 

सङ्गठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका विषयमा जानकारी गराएका थिए ।

सङ्गठनका सह–संयोजक पार्थ मण्डलले स्वागत तथा सचिव उद्धव पुरीले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ (बिजय) ले परिवर्तनको पक्षमा कलम चलाउन आग्रह गरे । 

कार्यक्रममा संगठनका प्रदेश सम्मेलन आयोजक समितिका सदस्य डण्डीराज घिमिरे (विवेक) ले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्दै सांगठानिक विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रदेश आयोजक समितिका सदस्य तथा पत्रकार महासंघ झापा सचिव डिकेश लामा, पत्रकार महासंघ प्रदेश समिति सदस्य लिलाराज झापाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच, नयाँ समिति बनेसँगै बसेको पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले प्रदेश तथा केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । संगठनको प्रदेश सम्मेलन मंसिर ७ गते विराटनगरमा हुँदैछ ।