बाँके / अधिकारकर्मीहरूले बाँकेकी निर्मला कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् । 

निर्मला हत्या प्रकरणको मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी रुवि खानले बताइन् । 

धर्ना बसेका महिलाहरूले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

साथै, उनीहरूले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय, बाँकेले गत कात्तिक २२ गते घटनामा संलग्न रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुवर बब्बन सिंह ठाकुर सोमबार पक्राउ गरेको थियो । 

तर, बादशाहको पहिल्यै बयान लिएको बताउँदै हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताएका छन् ।