सुनसरी / सुनसरीको गढी गाउँपालिका –६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ ।
ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
आइतबार अपरान्ह ४ बजे खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेर बेहोस भएका थिए ।
बालकहरूको उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।