विराटनगर  / मोरङको विराटनगर महानगरपालिका –१६ दरैयाबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोर्खा सहिद गाउँपालिका –७ का २२ वर्षीय  मनिष श्रेष्ठ रहेका छन् । 

OM Sai Pathibhara Hospital

श्रेष्ठलाई आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले नाईट्राभेट २८४ ट्याब्लेट, डाइजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुलएभिल २३ एम्पुल बरामद गरेको छ ।