विराटनगर / उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका –१० का ३५ वर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका –१२ का २१ वर्षीय विष्णु साह र सुनसरी दुहबी नगरपालिका –३ का २३ वर्षीय शिवा चौधरी रहेका छन् । 

OM Sai Pathibhara Hospital

हिजो (आइतबार) दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका –११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । 

त्यस्तै हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका –१५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स डिसी ३ बोतल र नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।