चितवन / चितवनको रत्ननगर नगरपालिका –१४ बाट प्रहरीले १८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयले आज (शनिबार) स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाएर राखेको अवस्थामा चरेस बरामद गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रहरीले गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनप्रासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरेको डीएसपी रानाले बताए । उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ ।