झापा / झापाको मेचीनगरस्थित चारआलीका सञ्चारकर्मी पुण्यप्रसाद न्यौपानेको निधन भएको छ ।

उनको ४९ वर्षको उमेरमा शनिबार बिहान निजी निवास मेचीनगर –१३ स्थित चारआलीमा निधन भएको हो । 

OM Sai Pathibhara Hospital

उनको दशैँमा लडेर घाइते भएका थिए । घाइते न्यौपानेको बिर्तासिटी र मेची अस्पतालमा उपचार गरेपछि घर ल्याइएको थियो ।

घर ल्याए पश्चात स्वास्थ्य अवस्था झन नाजुक भएपछि उनलाई धरान स्थित घोपा क्याम्प लगिएको थियो ।

घोपामा पनि उपचार सम्भव नभएपछि उनलाई शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान १ः४५ मा निधन भएको परिवारले जनाएको छ ।

२०२९ जेठ १० गते जन्मिएका न्यौपाने समाजसेवी नेत्रप्रसाद न्यौपानेका कान्छा छोरा हुन । उनका श्रीमती सरस्वता, दुई छोरीहरु मनिला र विनिता तथा छोरा लेल्सन न्यौपाने छन् ।

उनी झापाबाट प्रकाशित हुने लोकतन्त्र, जनसंसद, मेची टाइम्स, अर्जुनधारा, विवेचना, जनआन्दोलन लगायत पत्रिकामा आवद्व थिए ।