काठमाडौँ / बुढानीलकण्ठ नगरपालिका –११ पौटार गैरीगाउँबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका –४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका –११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।
सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले ५ लाख ११ हजार पाँच सय रुपैयाँ पैसा र १६ थान कौडा बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।