काठमाडौँ / रेडियो नेपालले कर्मचारी भर्नाका लागि दरखास्त आव्हान गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले इन्जिनियर देखि संवाददातासममका पदहरूमा दरखास्तका लागि आह्वान गरेको हो । 

OM Sai Pathibhara Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि विज्ञापन खुलाएको छ । 

विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिन्छ ।

दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको छ ।

दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ ।