सप्तरी / इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।
कोरोना संक्रमित तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
उनलाई दशैँ अघि कोरोना पोजेटिभ भएको थियो । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।