एजेन्सी / समाजिक सञ्जाल ह्वाट्सएप इन्टरनेट बिनानै चल्ने भएको छ । एक नयाँ फिचरका साथ प्रयोगकर्ताले ह्वाट्सएप इन्टरनेट बिनानै चलाउन पाउने भएका हुन् । 

अव एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा नजोडी मल्टि डिभाइस फिचरको प्रयोग गर्न पाउने भएका छन् । 

OM Sai Pathibhara Hospital

ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताबिनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ । 

प्राइमरी स्मार्ट फोन विनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ ।

कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । जस अनुसार यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन् ।

म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएका डिभाइसहरू १४ दिनसम्म मेसेज प्राप्त गर्न तथा पठाउन सक्षम हुनेछन् ।