सुनसरी / सुनसरीको कोशी गाउँपालिका –२ लौकहीमा मोटरसाइकलले ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका –७ की २ वर्षीया बालिका दिक्षा साह रहेकी छिन् ।
आज (सोमबार) बिहान पौने १२ बजे लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी १६ वर्षीया वर्षा साह र उनीसँगै रहेकी दुई वर्षीया बालीका दिक्षालाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए ।
घाईते उनीहरूलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उपचारको क्रममा दुई वर्षीया बालिका दिक्षाको मृत्यु भएको हो ।
वर्षालाई थप उपचारको लागी विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।