ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका –७ पात्ले खानिचौरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय निमा शेर्पा रहेका छन् ।
शेर्पाको आइतबार दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रुको रुखमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरले जानकारी दियो ।