सुनसरी / सुनसरीको इटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारी रहेका छन् ।
आइतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।