धरान / सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका –८ का २० वर्षीय अल्ताप मियाँ र २२ वर्षीय गियासुदिन मियाँ रहेका छन् । 

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र१–०१–००१ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प७६३ नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका –८ स्थित पूर्व–पश्चिम लोकमार्गमा ठक्कर दिएको थियो । 

OM Sai Pathibhara Hospital

बसको ठक्करबाट घाइते भएका अल्तापगियासुदिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बस चालक झापाको कन्काई नगरपालिका –२ बस्ने ५५ वर्षीय पुष्प अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।