बिर्तामाेड / ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

शनिबार राती बिरामी लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ आउँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्के डाँडामा दुर्घटनामा परेको  थियो।

OM Sai Pathibhara Hospital

दुर्घटनाबाट मैवाखोला –२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुर्घटनामा परी अन्य छ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।