विराटनगर / सुनसरीको धरानबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –११ का २५ वर्षीय सन्तोष राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

सुनसरी जिल्ला अदालतले २०७६ फागुन १५ गते ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो । 

अदालतको फैसला पछि फरार भएका राईलाई गत १५ गते १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो । 

पक्राउ परेका राईलाई हिजो सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।