तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका –२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् ।
आज (मंलबार) बिहान १ बजे ओसीडाँडा देखी सदरमुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी रहेका छन् । त्यस्तै सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए ।
घाइते राईको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।