झापा  / तिहार नजिकिँदै गर्दा मोरङ र सुनसरीको सीमावर्ती नाकाबाट भारतबाट तस्करहरूले विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् ।

तस्करहरुले मोरङमा मटेरुवा, दरैया, इस्लामपुर, रङ्गेली, डुमरिया, नोचालगायतका नाकाबाट र सुनसरीको भण्टाबारी, हुक्सी, लौकही, अमडुवालगायतका नाकाबाट पटका भित्रियाउन थालेका हुन् । 

OM Sai Pathibhara Hospital

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोरङको विभिन्न ठाउँबाट भित्र्याइएको ठुलो परिमाणको पटका बरामद गरी नष्ट गरेको छ । 

करिब ३ लाख ४८ हजार ८ सय मूल्य बराबरको पटका नष्ट गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

तस्करले खानेतेलको ग्यालेनमा राखेर पटका ल्याउने गरेको प्रहरीले जनाएकाे छ । ठूला तथा साना आवाज निकाल्ने पटकाको आवाजले कानमा असर गर्ने र त्यसबाट निस्कने आगोले आगलागी हुने तथा मानिसको शरीरमा चोट पुग्न सक्ने भएकोले प्रहरीले यसलाई प्रतिबन्ध लगाएको बताइएको छ ।