धनगढी  / कैलालीबाट स्रोत नखुलेको आठ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका –१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट ८ लाख ६९ हजार रुपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहना बरामद गरिएको डीएसपी विष्टले बताए ।