कञ्चनपुर / कञ्चनपुरमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् ।
सिंहले शनिबार राति मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।