मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका –४ दुलारीमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन् ।
शनिबार बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको BR 50 GA 0306 नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जाँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।