बिर्तामोड / वैदेशिक रोजगारीको क्रममा कुवेत गएका चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । 

तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै इलाम सन्दकपुरका प्रदीप फागुको गत शनिवार हृदयघातका कारण मृत्यु भएको बताइएको छ । फागु आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।