बिर्तामोड / नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएपनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

OM Sai Pathibhara Hospital

पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको आँकलन गरिएको छ ।