पोखरा / पोखराका पत्रकार श्रीप्रसाद बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा पत्र लेख्दै आत्महत्या गरेका छन् ।

पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दा पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफूपनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । 

बास्तोलाले हिजो राती साढे तीन बजे सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरूको नामसहित उल्लेख गरेर आत्महत्या गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिइन् । 

भाइ तत्कालै दाइ भएको ठाउँमा जाँदा बास्तोला आफ्नै रुममा मृत फेला परेका थिए ।

Shree-Prasad-Bastola-Crime-News