बिर्तामोड / विद्यार्थीमाथि यौन शोषण गर्ने झापाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा –६ का जितेन बस्नेत रहेका छन् ।
पीडित परिवारको उजुरीका आधारमा बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यले जानकारी दिए ।
बस्नेतमाथि बिर्तामोडस्थित न्युटन एकेडेमीमा अध्ययनरत छात्रालाई केही समयदेखि फकाइफुलाई यौन शोषण गरेको आरोप लागेको छ ।
परीक्षामा सहयोग गर्ने भन्दै बस्नेतले १५ वर्षीया बालिकालाई बिर्तामोडका विभिन्न होटेलमा खाजा खान बोलाएर यौन शोषण गर्ने गरेको पीडितको भनाई छ ।
बालिकालाई फेसबुकमा समेत म्यासेज गर्दै बोलेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।