काठमाडौँ / ललितपुरबाट साथीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय जय सिंगार रहेका छन् । 

सिंगारलाई उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

मूर्तिको काम गर्ने ३३ वर्षीय खड्काको २०७८ साउन २८ मा ललितपुर महानगरपालिका –९ स्थित बालकुमारीमा शव फेला परेको थियो ।

सिँगार सहितको समूहले खड्काको कुटेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मकवानपुर गढी गाउँपालिका –१ घर भई ललितपुर महानगरपालिका –९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । 

फरार मध्येका मकवानपुरगढी गाउँपालिका –१ फूलबारी घर भएका सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो ।