सल्यान / सल्यानको कुमाख गाउँपालिका –२ धावनखोलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० न जिप दुर्घटना भएको बुधबार बिहान जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
घाइतेमध्ये दुर्घटनामा परी कुमाख गाउँपालिका –२ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन् ।
उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको सूचना अधिकारी पौडेलले जनाकारी दिए। अन्य घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।